पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन « Khabarhub

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकमा उनले नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्रअन्तर्गत पहिलो किस्ताको सुरुवात भएको बताए । उनले विगतमा भएका पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन दिए ।

तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्नुपर्नेमा अर्थमन्त्री डा वाग्लेले जोड दिए। “गएको आर्थिक वर्ष पूँजीगत खर्च करिब ४९ प्रतिशत हाराहारी मात्र रह्यो । राजस्व पनि रु साढे १२ खर्ब हाराहारीभन्दा बढी सङ्कलन भएन”, उनले भने, “चालु नयाँ बजेटमा यो नतिजा स्वीकार्य हुँदैन । कम्तीमा ८० प्रतिशत पूँजीगत खर्च हुनुपर्छ । करिब रु १६ खर्बको राजस्व सङ्कलन लक्ष्य पूरा हुनुपर्छ ।”

बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी र व्यावहारिक कठिनाइ निर्धक्कसँग अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढाउन अर्थमन्त्री वाग्लेले सचिवहरूलाई आग्रह गरे । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अवण्डा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरिएको बताउँदै उहाँले त्यसको सदुपयोग गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १० : ४१ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित