समाजमा हराउँदै गएको नैतिक अधिकार र पहिचानलाई पुनः स्थापित गर्नुपर्छ : गगन थापा « Khabarhub

समाजमा हराउँदै गएको नैतिक अधिकार र पहिचानलाई पुनः स्थापित गर्नुपर्छ : गगन थापा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीले समाजमा आफ्नो हराउँदै गएको नैतिक अधिकार र पहिचानलाई पुनः स्थापित गर्नुपर्ने बताएका छन् ।  

मंगलबार काठमाडौंमा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव पुस्तक विमोचन गर्दै सभापति थापाले  विगतका घटना र राजनीतिक पात्रहरूबारे छलफल हुनु सामान्य भए पनि आजको मुख्य प्रश्न कांग्रेसले समाजमा पहिले जस्तै नैतिक अधिकार कायम गर्ने भएको बताए  ।

उनले नैतिक अधिकार र पहिचानलाई पुनः स्थापित गर्नका लागि  २०७२ देखि २०८२ सम्मको दशकको अँध्यारा र काला दिनबाट बाहिर निस्कनुपर्ने धारणा राखे । सिद्धान्त र मूल्य–मान्यता तिलाञ्जली दिँदै पछिल्लो १० वर्ष सत्ता र शक्तिको पछाडि कुदेर समय खेर फालिएको उनको भनाइ छ । 

सभापति थापाले तल्लो तहबाट आएका र आफ्नै घर–परिवार जस्ता सामान्य कार्यकर्ता तथा युवा पुस्ताले पार्टीका संस्थापक नेताहरूको जीवन मूल्य र आदर्शका आधारमा कांग्रेसलाई पुनः सान्दर्भिक बनाउन खोजिरहेको पनि बताए । पार्टीलाई सही बाटोमा ल्याउन सङ्कल्पबद्ध भई लागेका युवाहरूलाई पूर्ण साथ र समर्थन रहने उनले बताए । 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : ४३ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ