कोशीमा नयाँ सरकारबारे अलमल, आङ्बो भन्छन् : केन्द्रको निर्णय कुर्दैछौँ, मध्यावधि हल्ला मात्रै हो « Khabarhub

कोशीमा नयाँ सरकारबारे अलमल, आङ्बो भन्छन् : केन्द्रको निर्णय कुर्दैछौँ, मध्यावधि हल्ला मात्रै हो


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश सरकारमा कुन गठबन्धन अगाडि बढाउने भन्ने अन्योल अझै हटेको छैन । यस्तो बेला कोशी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता इन्द्रबहादुर आङबोले केन्द्रको निर्णय पर्खिरहेको बताएका छन् ।

कोशीमा अहिले नेपाली काङ्ग्रेस-नेकपा एमाले गठबन्धन सरकारबाट मुख्यमन्त्री हिक्मतकुमार कार्की छन्। यहाँ नेकपा र एमाले मिलेर वाम गठबन्धनको सरकार पनि सजिलै बन्न सक्छ।

तर अझै पनि यहाँ केन्द्रको निर्णय पर्खिरहेको आङबो बताउँछन्। आङबोका अनुसार कोशीको सरकार बनाउन कांग्रेस र एमाले दुवैसँग संवाद भइरहेको छ। तर केन्द्रको निर्णय पर्खिरहेको उनी बताउँछन्।

‘कोशीमा कांग्रेस-एमाले गठबन्धन अगाडि नबढ्ने भनिसकेपछि एमाले-नेकपा या नेकपा-कांग्रेस गठबन्धन अगाडि बढ्न सक्छ’, उनी भन्छन्, ‘तर, केन्द्रको निर्णय नआएसम्म यसै भन्न सकिने अवस्था छैन ।’

उनले कोशीमा मध्यावधि चुनावलाई पनि इन्कार गरे । ‘मध्यावधि हल्ला मात्रै हो। अब स्थानीय र प्रदेश निर्वाचन आउन करिब सात महिना बाँकी छ। त्यस अवस्थामा कहाँ मध्यावधि हुनु ? केन्द्रबाट जस्तो निर्णय आउँछ, त्यसलाई कार्यान्वयन गर्छौँ।’

कोशीमा मध्यवधि निर्वाचन हुने चर्चा चलिरहेको छ। कोशीमा कांग्रेसबाट पूर्वसभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र वर्तमान सभापति गगन थापासहित तीन समूहमा कांग्रेस विभाजित छ । त्यसकारण कांग्रेससँग सहकार्य गरेर अगाडि जान नेकपालाई कठिन चुनौती देखिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : ४५ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया