गैँडा मार्ने उद्देश्यले निकुञ्ज प्रवेश गरेको आशङ्कामा दुई पक्राउ « Khabarhub

गैँडा मार्ने उद्देश्यले निकुञ्ज प्रवेश गरेको आशङ्कामा दुई पक्राउ


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन- विश्वमै दुर्लभ मानिने एकसिङ्गे गैँडाको चोरी–शिकार गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरेको आशङ्कामा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१, सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५, फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगर रहेका छन्। उनीहरूलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३, ब्रह्मस्थानघाट क्षेत्रबाट पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट कार्तोस भनिने एक थान बन्दुक र त्यसमा प्रयोग हुने गोलीगठ्ठा बरामद गरिएको छ।

त्यसैगरी, चौधरीको घरमा गरिएको खानतलासीका क्रममा बाघको दाँतजस्तो देखिने सात थान आखेटोपहार, एक थान माउजर बन्दुक, गोलीगठ्ठा तथा भारतीय पाँच सय दरका १३६ थान नोट बरामद गरिएको निकुञ्जले जनाएको छ।

निकुञ्जका अनुसार दुवै जनाविरुद्ध संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा मार्ने उद्योग तथा संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद–बिक्रीसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ।

उनीहरूविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(५घ) र दफा २६(१) बमोजिम सजायको माग गर्दै नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको निकुञ्जले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : ४६ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ