विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा « Khabarhub

विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भएको बताएका छन् ।  

कांग्रेस महामन्त्री गुरुराज घिमिरेका कृतिहरू ‘बुद्ध, बिपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा उनले त्यो समयमा नेपालको राजनीतिकमा तानातान र सत्ता र शक्तिको लागि गलत ढङ्गको अभ्यास भएको दाबी गरे ।

‘त्यो दशकमा सत्ता र शक्ति प्राप्त गर्नका लागि जुनसुकै काम पनि तिलाञ्जली दिने काम भयो,’ उनले भने, ‘विगतको कालो दिनलाई बिर्सेर नयाँ बाटोबाट अघि बढ्नुपर्ने बेला आएको छ ।’ सभापति थापाले नेपाली कांग्रेस जुन मूल्यमान्यता र सिद्धान्त अनुसार नै अघि बढ्ने बताए  ।

‘कुनै बेला गणेशमानज्यूले लौरो लिएर सडकमा उत्रिँदा सबै काठमाडौँवासी जुरुक्क उठ्ने गर्नुहुन्थ्यो’, उनले भने, ‘अहिले कांग्रेस समय सान्दर्भिक पार्टी भएकाले फेरि जुरमुराउने आशासहित अघि बढ्नका लागि आह्वान गर्दछु ।’

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक प्रतिकूलतामा पुस्तक ल्याउने आँट गरेर लेखक घिमिरेले सह्रानीय कार्य गरेको बताए । उनले बुद्ध र बिपी कोइरालाले त्याग गरेकाले सबैको मनमनमा बस्न सफल भएको बताए । 

कांग्रेसका उपसभापति पुष्पा भुसालले बुद्ध र बिपीका दर्शनलाई व्यावहारिक जीवनमा उतार्नुपर्ने बताए । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्वे राजनीतिमा विनम्रता र साहित्यमा अराजकतालाई समन्वय गरेर अघि बढेको खण्डमा सफल लेखक हुन सकिने बताए । 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साहित्यले मुलुक र जनतालाई जोड्नुपर्ने बताए । राजनीतिक विश्लेषक शङ्कर तिवारीले बुद्ध, बिपी र आजका नेता पुस्तकको समीक्षा गरेका थिए । 

पत्रकार राजकुमार बानियाँले ‘लिलिपुटका लघु मानव’ को विषयमा समीक्षा गरेका थिए । कांग्रेसका महामन्त्री गुरुराज घिमिरे प्रतिकूल अवस्थामा आफूले लेखन कार्यलाई निरन्तरता दिँदै आइरहेको बताए । 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ६ : ४८ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ