काठमाडौंको अधिकांश ठाउँमा बढ्यो जग्गाको मूल्य, बल्खुदेखि बनस्थलीसम्म भने घट्यो « Khabarhub

काठमाडौंको अधिकांश ठाउँमा बढ्यो जग्गाको मूल्य, बल्खुदेखि बनस्थलीसम्म भने घट्यो


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०८३-८४ का लागि काठमाडौंका विभिन्न क्षेत्रमा जग्गाको सरकारी मूल्याङ्कनमा हेरफेर भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको न्यूनतम मूल्य निर्धारण समितिले साबिकको दररेटमा परिमार्जन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो ।

निर्धारित नयाँ मूल्यअनुसार काठमाडौं जिल्लाभित्रका अधिकांश ठाउँको मूल्य बढेको छ भने केही ठाउँको मूल्य घटेको छ । साथै, केही ठाउँको मूल्य स्थिर राखिएको छ ।

प्राप्त पछिल्लो तथ्याङ्क अनुसार चक्रपथ आसपासका केही क्षेत्रमा जग्गाको मूल्यमा गिरावट आएको छ भने काठमाडौं महानगरपालिकाका भित्री वडा र आसपासका नगरपालिकामा मूल्य वृद्धि भएको छ ।

चक्रपथको मुख्य ट्र्याकसँग जोडिएको दायाँ–बायाँ (बल्खुदेखि वनस्थली सम्म) को जग्गाको मूल्यमा कमी आएको छ । साविकको आर्थिक वर्ष २०८२-०८३ मा प्रतिआना ४७ लाख रुपैयाँ रहेको मूल्याङ्कनलाई ३ लाख ५० हजार रुपैयाँले घटाएर नयाँ आर्थिक वर्षका लागि ४३ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ ।

काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा जग्गाको मूल्य बढेको छ । विष्णुमति खोला पुलदेखि रविभवन (वडा नं १३), कालिमाटी चोकदेखि बल्खु मूल सडक र सोल्टीमोडदेखि कलंकी चोकसम्मको जग्गामा प्रतिआना २ लाख रुपैयाँले वृद्धि गरिएको छ । यी क्षेत्रको नयाँ मूल्याङ्कन ४१ लाखबाट बढेर ४३ लाख रुपैयाँ पुगेको छ । यस्तै, टेकु–कालिमाटी मूल सडक खण्डमा ५० हजारले बढेर ३२ लाख ५० हजार कायम भएको छ ।

सीतापाइला चोकदेखि छाउनी, भगवान पाउदेखि शोभा भगवती, सोल्टीमोडदेखि हिमालय हाइट र कलंकी चोकदेखि तिनथाना सिमानासम्मको मूल्यमा १ लाख रुपैयाँको वृद्धि भई नयाँ मूल्य निर्धारण गरिएको छ । महानगरभित्रका अन्य पक्की सडक र कच्ची मोटर बाटोमा पनि प्रतिआना १ लाख रुपैयाँले नै मूल्य बढेको देखिन्छ ।

चन्द्रगिरी नगरपालिका अन्तर्गत नागढुंगा सुरुङमार्गले छुने जग्गा र त्रिभुवन राजपथले छोएका क्षेत्रमा जग्गाको मूल्य १ लाख रुपैयाँले बढेर २६ लाख रुपैयाँ पुगेको छ । सोही क्षेत्रका कच्ची सडकमा भने ८० हजार रुपैयाँले वृद्धि भई ८ लाख ८० हजार रुपैयाँ कायम गरिएको छ ।

कीर्तिपुर नगरपालिकाको सीता पेट्रोल पम्पदेखि कीर्तिपुर चक्रपथसम्म (१० लाख) र दक्षिणकाली मूल सडकको जग्गा (६ लाख ८० हजार) मा कुनै परिवर्तन गरिएको छैन । साथै, बाटो नभएका जग्गाको हकमा सबै क्षेत्रमा साविककै दर कायम गरिएको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : ५६ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ