पूर्वमहानिर्देशक अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक करोड ७१ लाख घुस लिएको अख्तियारको आरोप « Khabarhub

पूर्वमहानिर्देशक अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक करोड ७१ लाख घुस लिएको अख्तियारको आरोप


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएएन) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध अर्को मुद्दा विशेषमा लगेको हो। प्राधिकरणका विभिन्न ठेक्काको स्वीकृति, अनुगमन र भुक्तानीमा आफ्नो पदको दुरुपयोग गर्दै अधिकारीले करोडौँ हिनामिना गरेको आरोप लगाइएको छ।

उक्त ठेक्का सहजीकरण गरेबापत गायत्री निर्माण सेवा तथा कम्पनीका प्रमुख प्रेमप्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी अख्तियारको छ।

अख्तियारले उक्त घुस रकम लुकाउन अधिकारीले आफ्नी श्रीमतीको नाममा ललितपुर महानगरपालिका–५ मा रहेको १३ आना जग्गा खरिद गरेको जनाएको छ। अर्को मुद्दामा अधिकारी अहिले डिल्ली बजार जेलमा छन् ।

आयोगका अनुसार जग्गाको वास्तविक खरिद रकम लुकाएर राजीनामा लिखतमा ९१ लाख रुपैयाँ मात्र देखाइएको थियो । बाँकी १ करोड ७१ लाख रुपैयाँ घुसबाट आएको रकम विभिन्न बैंक खातामार्फत कारोबार गरी वैध देखाउने प्रयास गरिएको थियो।

आयोगले यो कार्य भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरसमेत भएको निष्कर्ष निकालेको छ।

अख्तियारले अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गर्दै १ करोड ७१ लाख रुपैयाँ बिगो र त्यस बराबरको जरिवाना, कैद सजाय तथा ललितपुरस्थित १३ आना जग्गा जफत गर्न माग गरेको छ।

यस्तै, घुस दिने आरोपमा गायत्री निर्माण सेवा तथा कम्पनीका प्रमुख ढकालविरुद्ध पनि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समान बिगो कायम गरी कैद, जरिवाना तथा उक्त जग्गा जफत गर्न मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ६ : १९ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया