ब्याटिङमा नेपाल फेरि फितलो, नामिबियालाई १५८ रनको सामान्य चुनौती « Khabarhub

ब्याटिङमा नेपाल फेरि फितलो, नामिबियालाई १५८ रनको सामान्य चुनौती


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत श्रृंखलाको पहिलो खेलमा नामिबियालाई १५८ रनको सामान्य चुनौती दिएको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले कमजोर प्रदर्शन गरेको हो । नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भयो।

नेपालले सामान्य स्कोर बनाउँदा कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । पौडेलले ६० बल खेल्दा बाउन्ड्री कटाउन सकेनन् । उता नेपाली ओपनर आसिफ शेखले १६ रनमात्रै बनाए। अर्का ओपनर कुशल भुर्तेल २ रनमै आउट भए ।

नेपालका भरपर्दा ब्याटर दीपेन्द्रसिंह ऐरी ३० रनमा समेटिए । उनले ५१ बल सामना गर्दै केबल २ चौका हाने । उता सोमपाल कामीले १५ रन जोडे। गुलशन झा २० रन सीमित भए । करण केसीले १८ रनमै आउट भए । अरू ब्याटर फ्लप हुँदा नेपालले सामान्य स्कोर गरेको हो ।

नेपाललाई सस्तैमा रोक्न नामिबियाका जेजे स्मिथले ६ विकेट झारे । ९.५ ओभर बलिङ गरेका उनले १ मेडनसहित २७ रन दिए । उता ज्याक ब्रासेल र बर्नाल्ड स्कोल्ट्जको नाममा २-२ विकेट रह्यो।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ६ : ३० बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता