ब्याटिङमा नेपाल फेरि फितलो, नामिबियालाई १५८ रनको सामान्य चुनौती « Khabarhub

ब्याटिङमा नेपाल फेरि फितलो, नामिबियालाई १५८ रनको सामान्य चुनौती


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत श्रृंखलाको पहिलो खेलमा नामिबियालाई १५८ रनको सामान्य चुनौती दिएको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले कमजोर प्रदर्शन गरेको हो । नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भयो।

नेपालले सामान्य स्कोर बनाउँदा कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । पौडेलले ६० बल खेल्दा बाउन्ड्री कटाउन सकेनन् । उता नेपाली ओपनर आसिफ शेखले १६ रनमात्रै बनाए। अर्का ओपनर कुशल भुर्तेल २ रनमै आउट भए ।

नेपालका भरपर्दा ब्याटर दीपेन्द्रसिंह ऐरी ३० रनमा समेटिए । उनले ५१ बल सामना गर्दै केबल २ चौका हाने । उता सोमपाल कामीले १५ रन जोडे। गुलशन झा २० रन सीमित भए । करण केसीले १८ रनमै आउट भए । अरू ब्याटर फ्लप हुँदा नेपालले सामान्य स्कोर गरेको हो ।

नेपाललाई सस्तैमा रोक्न नामिबियाका जेजे स्मिथले ६ विकेट झारे । ९.५ ओभर बलिङ गरेका उनले १ मेडनसहित २७ रन दिए । उता ज्याक ब्रासेल र बर्नाल्ड स्कोल्ट्जको नाममा २-२ विकेट रह्यो।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ६ : ३० बजे

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर