नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन « Khabarhub

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । नेदरल्याण्ड्सको उट्रेख्टमा जारी खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको नामिबियाले सम्हालिएर ब्याटिङ गरिरहेकोे छ ।

ताजा अवस्थामा नामिबियाले १४ ओभरमा एक विकेट गुमाउँदै ६२ रन जोडेको छ । नन्दन यादवले नेपालको एक मात्रै विकेट लिएका छन् । नामिबियाका माइकल भान लिङ्गेनले सर्वाधिक ३८ रन बनाएका छन् । ३९ बलको सामना गरेका उनले चार चौका प्रहार गरेका छन् ।

त्यसैगरी, यान फ्राइलिङ्कले २६ बलमा १८ रन जोडेका छन् । त्यस्तै, अलेक्जाण्डर बुसिङ भोल्चिेङ्कले २१ बलमा दुई रन बनाउँदै आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १५७ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३१ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ३० रन जोडे । करण केसीले १८ रन जोड्दा आशिफ शेख र सोमपाल कामीले क्रमशः १६ र १५ रन बनाए ।

ओपनर कुशल भुर्तेल दुई रन बनाएर आउट भए भने सन्दीप लामिछाने र नन्दन यादवले समान एक रन बनाए । आरिफ शेखले खाता खाल्न पाएनन् ।

नामिबियाका लागि जोनाथन जोहान्नेस स्मिटले सर्वाधिक ६ विकेट लिए भने ज्याक ब्रासेल र बर्नार्ड स्कोल्जले समान दुई विकेट झारे ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ८ : ०० बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।