नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन « Khabarhub

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । नेदरल्याण्ड्सको उट्रेख्टमा जारी खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको नामिबियाले सम्हालिएर ब्याटिङ गरिरहेकोे छ ।

ताजा अवस्थामा नामिबियाले १४ ओभरमा एक विकेट गुमाउँदै ६२ रन जोडेको छ । नन्दन यादवले नेपालको एक मात्रै विकेट लिएका छन् । नामिबियाका माइकल भान लिङ्गेनले सर्वाधिक ३८ रन बनाएका छन् । ३९ बलको सामना गरेका उनले चार चौका प्रहार गरेका छन् ।

त्यसैगरी, यान फ्राइलिङ्कले २६ बलमा १८ रन जोडेका छन् । त्यस्तै, अलेक्जाण्डर बुसिङ भोल्चिेङ्कले २१ बलमा दुई रन बनाउँदै आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १५७ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३१ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ३० रन जोडे । करण केसीले १८ रन जोड्दा आशिफ शेख र सोमपाल कामीले क्रमशः १६ र १५ रन बनाए ।

ओपनर कुशल भुर्तेल दुई रन बनाएर आउट भए भने सन्दीप लामिछाने र नन्दन यादवले समान एक रन बनाए । आरिफ शेखले खाता खाल्न पाएनन् ।

नामिबियाका लागि जोनाथन जोहान्नेस स्मिटले सर्वाधिक ६ विकेट लिए भने ज्याक ब्रासेल र बर्नार्ड स्कोल्जले समान दुई विकेट झारे ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ८ : ०० बजे

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर