पक्राउ पुर्जी रोक्न कांग्रेस सांसद अभिषेकप्रताप शाह सर्वोच्चमा « Khabarhub

पक्राउ पुर्जी रोक्न कांग्रेस सांसद अभिषेकप्रताप शाह सर्वोच्चमा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग राखेर नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

कपिलवस्तु जिल्ला अदालतले यसअघि कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप छ ।

कुटपिट घटनामा शाहविरुद्ध मुद्दा दर्ता भई कपिलवस्तु जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी गैरकानुनी रहेको दाबीसहित सर्वोच्चमा रिट दर्ता भएको हो ।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले पक्राउ पुर्जी बदरको माग राखेर पेस भएको रिट मंगलबार दर्ता भएको जानकारी दिए ।

गृह मन्त्रायालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर रिट दर्ता भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ८ : ४९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन