ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र « Khabarhub

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू पहिचान गर्न भन्दै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले ‘न्यायिक सुशासन केन्द्र’ स्थापना गरेका छन् ।

उक्त संयन्त्रले न्यायपालिका सुधार र गुनासो व्यवस्थापनका लागि प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन पेस गर्ने छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले न्याय प्रशासनलाई थप प्रभावकारी, सेवामुखी तथा सुशासनमैत्री बनाउने ध्येयले यस्तो संयन्त्र स्थापना गरिएको जानकारी दिए ।

प्रधानन्यायाधीश शर्माले संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेको कार्ययोजनामा गुनासो सुनुवाइलाई व्यवस्थित गर्न प्रभावकारी माध्यमको प्रयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । पदबहालीपछि मातहतका अदालतलाई दिएको निर्देशनमा समेत उक्त विषय समेटिएको थियो ।

प्रवक्ता पौडेलका अनुसार, गुनासो सुनुवाइको प्रबन्ध मिलाएर न्यायिक सुशासन, जनआस्था न्यायिक सुशासनको प्रवर्धन र सुशासन विपरीतका गतिविधि नियन्त्रण गर्ने योजना अनुसार ‘न्यायिक सुशासन केन्द्र’ स्थापना गरिएको हो ।

सर्वोच्च अदालत नियामवली, २०७४ ले समेत गुनासो व्यवस्थापनलाई प्राथमिकतामा राखी गुनासो व्यवस्थापन शाखाको परिकल्पना गरेको छ । “एकीकृत प्रणालीमार्फत संकलन र सम्बोधनका लागि गत असार ३२ को निर्णय अनुरुप प्रधानन्यायाधीशको सचिवालयअन्तर्गत केन्द्र सञ्चालनमा आएको छ,” प्रवक्ता कोइरालाले भने ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : १५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन