पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास « Khabarhub

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि एक युवाले आत्मदाह प्रयास गरेका छन् ।

रामेछापका २७ वर्षीय विशाल तामाङले आत्मदाह गर्छुभन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनको साथबाट पेट्रोल पनि बरामद गरेको छ ।

रामेछापको दोरम्बा गाउँपालिका १ का तामाङलाई प्रहरीले सम्झाइबुझाइ गरेर छोडिसकेको छ । उनले जोरपाटीको लामा पेट्रोल पम्पबाट पेट्रोल किनेको खुलेको छ ।

उनले पूर्वराजासँग भेट्न पटकपटक प्रयास गरे पनि समय नपाएको प्रहरीलाई बताएका छन् ।

उनी बालाजुको एक बेकरी उद्योगमा काम गर्छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : ०८ बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ