नामिबियासँग पराजित भयो नेपाल « Khabarhub

नामिबियासँग पराजित भयो नेपाल


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियासँग आठ विकेटको हार व्यहोरेको छ ।

यो हारसँगै शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना कठिन बनेको छ ।

मंगलबार नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपालले प्रस्तुत गरेको १५८ रनको लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

नाबियाका लागि जान फ्राइलिंकले अविजित ७८ रनको योगदान गरे । उनले बलमा ८९ आठ चौका र एक छक्का प्रहार गरे । यसैगरी, माइकल भान लिंगनले ५१ रन बनाए । उनले ७९ बलमा सात चौका प्रहार गरे । जान निकोल लोफ्टी इटोनले अविजित १७ रन जोडे ।

फ्राइतिंकले दोस्रो विकेटका निम्ति लिंगनसँग ८७ तथा तेस्रो विकेटका लागि इटोनसँग ५२ रनको साझेदारी गरेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सनकुमार झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए ।

नामिबियाका जेजे स्मिथले सर्वाधिक ६ विकेट लिए । उनले ९.५ ओभर बलिङ गर्दै एक मेडनसहित २७ रन खर्चिए । यसैगरी, बर्नान्र्ड स्कोल्ट्ज र ज्याक ब्रासेलले दुई–दुई विकेट हात पारे ।

यो जितसँगै २९ खेलमा २४ अंक जोडेको नामिबिया छैटौँ स्थानमा उक्लिएको छ । पराजित नेपाल समान खेलबाट २४ अंकका साथ पाँचौँ स्थानमा कायम छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : ४० बजे

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर