आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल


५ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६ अगष्ट २१ तारिख। साउन शुक्ल पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: दिन सामान्य छ। हरेक काममा साथीसँग एकता गर्नु उचित हुन्छ। सापट दिएको सम्पत्ति फिर्ता नहुने जोखिम छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट आंशिक नाफा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृष: दिन राम्रो छ। विदेशको धनले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिमा महत्त्वपूर्ण नियुक्ती मिल्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन: दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी हु्नेछ।

कर्कट: दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। साथीसँगको भेटघाट रमाइलो हुनेछ। दैनिकी सहजै बित्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

सिंह: दिन सामान्य छ। सोचेको काममा अवरोध हुनसक्छ। मिहिनेतको फल प्राप्त नहुन सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।

कन्या: दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति फिर्ता हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। घर र जग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँग व्यवहार गर्दा भने सचेत बन्नुपर्नेछ।

तुला: दिन राम्रो छ।मानसम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा श्रमको शोषण हुने जोखिम छ। राजनीतिक र सामाजिक क्षेत्रमा पदोन्नती हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक: दिन राम्रो छ। ठुला व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। सोचेका काम सहज बन्नेछन्। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम रहेको छ।

धनु: दिन सामान्य छ। साना कुराले झन्झट बढ्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानी डुब्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

मकर: दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। संकटमा परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ: दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बोल्नु भन्दा अगाडि सोच्नुपर्ने समय छ। विपक्षी भनिएका साथीले राम्रो साथ दिनेछन्। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

मीन: दिन सामान्य छ। सानासाना कुरामा अवरोध सिर्जना हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापारमा भने मिहिनेतको फल मिल्ने योग छ ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ५ : १५ बजे

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा