रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर « Khabarhub

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा रोकिएका तथा कार्यान्वयनमा समस्या देखिएका विकासका कामलाई गति दिने बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नागरिकको आवश्यकता पहिचान गरी पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताएका हुन् ।

स्थानीय तहमा वडाध्यक्ष र प्रदेशको स्वास्थ्यमन्त्रीका रूपमा काम गर्दा प्राप्त अनुभवलाई प्रदेशको विकासमा उपयोग गर्ने उनको भनाइ छ ।

प्रदेशका १३ जिल्ला, ११९ स्थानीय तह र एक हजार १२१ वडाको भौगोलिक तथा विकासको अवस्थाबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा विकास कार्यक्रम सञ्चालन गरिने बताए ।

“कुन क्षेत्रमा पूर्वाधार आवश्यक छ, शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ तथा नागरिकले कसरी सेवा पाइरहेका छन् भन्ने विषयमा म जानकार छु”, उनले भने, “अड्किएका र रोकिएका कामलाई अगाडि बढाउनेछु ।”

मुख्यमन्त्री थापा मगरले प्रदेशका मन्त्रालयको संरचना, कर्मचारी दरबन्दी र प्रदेश सचिवको व्यवस्थापन शीघ्र गरिने बताए। यसअघि कायम १४ मन्त्रालयलाई गाभेर आठवटा बनाइएपछि संरचना तथा कर्मचारी व्यवस्थापनका केही काम बाँकी रहेको उनको भनाइ छ ।

गाभिएका मन्त्रालयलाई व्यवस्थित गरी प्रत्येक मन्त्रालय एउटै स्थानबाट सञ्चालन गरिने उनले जानकारी दिए । मन्त्रालयको सङ्ख्या तत्काल बढाउने सोच नरहेको स्पष्ट पार्दै उनले आवश्यकता देखिएमा सत्ता साझेदार तथा प्रतिपक्षी दलसँग छलफल गरेर निर्णय लिने बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ६ : ०८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार