टप एन्ड टी–२० : पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग भिड्दै नेपाल « Khabarhub

टप एन्ड टी–२० : पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग भिड्दै नेपाल


५ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक एनटी स्ट्राइकको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे सुरु हुँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ टोली अस्ट्रेलिया पठाएको छ। टोलीमा कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, रासिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।

प्रतियोगिताको तालिका अनुसार नेपालले लिग चरणमा कूल ६ खेल खेल्नेछ। पहिलो खेल आज आयोजक एनटी स्ट्राइकसँग खेलेपछि नेपालले दोस्रो खेल अगस्ट २२ (भोलि) बङ्गलादेश ‘हाइ–परफर्मेन्स’ टोलीसँग खेल्नेछ। यस्तै नेपालले तेस्रो खेल अगस्ट २४ मा हरिकेन्स, चौथो खेल अगस्ट २६ मा एसीटी कमेट्स, पाँचौँ खेल किङ्समेन र छैटौँ खेल भिक्टोरियासँग खेल्ने तालिका छ।

नेपालले यसअघि अघिल्लो संस्करणमा पनि यो प्रतियोगिता खेलेको थियो, जसमा ६ खेलमध्ये २ मा जित र ४ खेलमा हार व्यहोरेको थियो।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ६ : ३८ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित