सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ? « Khabarhub

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?



बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय बन्ने गर्छ । पछिल्लो समय अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको वैवाहिक सम्बन्ध पनि यस्तै चर्चाको केन्द्रमा रह्यो । कहिले सम्बन्धविच्छेदको खबर, कहिले एक-अर्काप्रति गरिएका टिप्पणी त कहिले सार्वजनिक रूपमा देखिएको उनीहरूको नजिकको सम्बन्ध- गोविन्दा र सुनिताको वैवाहिक जीवनबारे विभिन्न अड्कलबाजी भइरहेका थिए । तर, लामो समयदेखि चलिरहेको यो विवादमा अहिले नयाँ मोड आएको छ । सुनिताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएको गोविन्दाका म्यानेजर शशि सिन्हाले पुष्टि गरेका छन् । यससँगै उनीहरूको सम्बन्धलाई लिएर फेरि बलिउडमा चर्चा चुलिएको छ ।

अदालत पुगेको पारिवारिक विवाद

गोविन्दा र सुनिता आहुजाको वैवाहिक सम्बन्धलाई लिएर लामो समयदेखि चलिरहेको चर्चाले बुधबार नयाँ मोड लिएको छ । सम्बन्धविच्छेदको मुद्दासँग जोडिएको अदालतमा सुनिता छोरा यशवर्धनसँगै देखिएपछि फेरि चासो बढेको हो । बुधबार सुनिता मुम्बईको बान्द्रा पारिवारिक अदालत पुगेकी थिइन् । पपाराजीले उनी अदालत किन आएको भनेर सोध्दा उनले गम्भीर विषयलाई हल्का रूपमा लिँदै ‘जन्मदिन मनाउन आएकी थिएँ’ भन्दै ठट्टा गरेकी थिइन् ।

पपाराजीले उनी अदालत किन आएको भनेर सोध्दा उनले गम्भीर विषयलाई हल्का रूपमा लिँदै ‘जन्मदिन मनाउन आएकी थिएँ’ भन्दै ठट्टा गरेकी थिइन् ।

उनको अदालत भ्रमणपछि गोविन्दाका म्यानेजर शशि सिन्हाले महत्त्वपूर्ण जानकारी दिएका छन् । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले सुनिताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिइसकेको पुष्टि गरेका छन् । उनका अनुसार अहिले गोविन्दा र सुनिताबीचको सम्बन्ध ठीक रहेको छ । सुनिताले ५ डिसेम्बर २०२४ मा हिन्दू म्यारिज एक्ट, १९५५ अन्तर्गत व्यभिचार, क्रूरता र परित्यागको आरोप लगाउँदै सम्बन्धविच्छेदको याचिका दायर गरेको रिपोर्ट सार्वजनिक भएको थियो । त्यसयता उनीको वैवाहिक सम्बन्धबारे विभिन्न अड्कलबाजी हुँदै आएका थिए ।

मुद्दा फिर्ता भएसँगै लामो समयदेखि चर्चामा रहेको गोविन्दा–सुनिताको वैवाहिक विवादले तत्कालका लागि राहत पाएको देखिएको छ । शशि सिन्हाका अनुसार सुनिता केही समयदेखि रिसाएको देखिए पनि अहिले दुवैबीच सबै कुरा ठीक भएको छ । यससँगै उनीको सम्बन्ध साँच्चिकै नयाँ सुरुवाततर्फ अघि बढेको हो कि होइन भन्ने चासो भने कायमै छ ।

कहिलेदेखि सुरु भयो सम्बन्धमा खटपट ?

गोविन्दा र सुनिताको सम्बन्धमा समस्या आएको चर्चा गत वर्षदेखि नै बढेको थियो । सुनिताले विभिन्न अन्तर्वार्तामा आफ्नो वैवाहिक जीवन र गोविन्दाको व्यक्तिगत तथा व्यावसायिक जीवनबारे खुलेर कुरा गर्न थालेपछि उनीहरूको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेका थिए । त्यसपछि उनीहरूबीच अलग हुने तयारी भइरहेको र सुनिताले सम्बन्धविच्छेदका लागि प्रक्रिया अघि बढाएको दाबीसमेत सार्वजनिक भयो । यद्यपि, केही समयपछि दुवैबीच सम्बन्ध सुधारिएको खबर पनि आयो ।

यसको उदाहरण गत वर्षको गणेश चतुर्थीमा देखिएको थियो । उक्त अवसरमा गोविन्दा र सुनिता सँगै सार्वजनिक भएका थिए । त्यतिबेला सुनिताले उनीहरूबीचको सम्बन्धबारे स्पष्ट पार्दै आफूहरूलाई कसैले अलग गर्न नसक्ने बताएकी थिइन् । उनीहरूको त्यो सार्वजनिक उपस्थितिले सम्बन्धविच्छेदको चर्चालाई केही समयका लागि शान्तसमेत पारेको थियो ।

सहकलाकारलाई लिएर विवाद

पछिल्लो समय फेरि सुनिताका केही टिप्पणीले गोविन्दासँगको सम्बन्धलाई चर्चामा ल्यायो । उनले गोविन्दाको फिल्मकी सहकलाकार कोमल रानी स्वर्णकारसँग जोडेर गोविन्दालाई ‘सुगर ड्याडी’ भनेकी थिइन् । यससँगै उनले गोविन्दा र अभिनेत्रीबीच सम्बन्ध रहेको आरोपसमेत लगाएकी थिइन् । यी आरोपपछि गोविन्दाले पनि प्रतिक्रिया दिएका थिए । उनले आफूले बाहिर पाउने कामको विषयमा आफूले निर्णय गर्ने र आफ्नो काम तथा प्रतिष्ठामा अनावश्यक हस्तक्षेप भइरहेको गुनासो गरेका थिए । साथै, आफूलाई बदनाम गराउने वा व्यावसायिक रूपमा असर पार्ने प्रयास भइरहेको महसुस भएको संकेतसमेत दिएका थिए । यसरी दुवै पक्षबाट आएका अभिव्यक्तिले उनीहरूको वैवाहिक सम्बन्धबारेको चर्चा झनै बढाएको थियो ।

३९ वर्षभन्दा लामो वैवाहिक यात्रा

गोविन्दा र सुनिताले मार्च १९८७ मा विवाह गरेका थिए । उनीहरूले आफ्नो विवाहलाई केही समय सार्वजनिक गरेका थिएनन् । सन् १९८८ मा छोरी टिना आहुजाको जन्म भएपछि मात्र उनीहरूको वैवाहिक सम्बन्धबारे सार्वजनिक रूपमा जानकारी आएको थियो । पछि सन् १९९७ मा उनीहरूका छोरा यशवर्धन जन्मिए । यस हिसाबले गोविन्दा र सुनिताले करिब चार दशक लामो वैवाहिक यात्रा तय गरिसकेका छन् । त्यसैले पछिल्लो समय उनीहरूको सम्बन्धविच्छेदको खबरले बलिउड मात्र होइन, उनीहरूका प्रशंसकलाई समेत चासोमा पारेको थियो । अहिले भने मुद्दा फिर्ता भएको खबरले अर्को प्रश्न जन्माएको छ- के गोविन्दा र सुनिताबीचको सम्बन्ध फेरि सम्हालिँदै छ ?

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ११ : ०८ बजे

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका