नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक  « Khabarhub

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको छ । 

यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ । नाडापछि यसको नियमित मूल्य ३७ लाख ९९ हजार कायम हुनेछ । थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप ८ लाखमा भिगो ई२ प्लस रोज्न सक्नेछन् । ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन् ।

सार्वजनिक समारोहमा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल; डोङफेङ मोटर कर्पोरेसनकी दक्षिण एसिया क्षेत्रीय प्रबन्धक नोएमी; एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया; एमएडब्लू वृद्धिका निर्देशक पार्थ सिकारिया; एमएडब्लू ग्रुपको प्यासेन्जर कार डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी; तथा एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पन्तको गरिमामय उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘भिगो ई२ को संशोधित मूल्यले नयाँ राष्ट्रिय बजेटको सकारात्मक प्रभावलाई प्रतिबिम्बित गर्छ । चुनिएका फिचर्सलाई सोचविचारपूर्वक समायोजन गर्दै हामीले भिगोको स्पेस, क्षमता र आत्मविश्वासलाई यथावत् राखेर फुल एसयूभी अनुभवलाई अझ धेरै नेपाली ग्राहकको पहुँचमा पुर्‍याएका छौँ ।’

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १२ : ०० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार