भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’ « Khabarhub

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय गायक शान्तनु मुखर्जी (शान) सांगीतिक कार्यक्रमको सिलसिलामा काठमाडौँ आइपुगेका छन् ।

ठमेलस्थित क्लब नोभामा शनिबार राति हुने कार्यक्रमका लागि उनी नेपाल आएका हुन् ।

उनी यसअघि करिब १५ वर्षअघि सन् २०११ मा नेपाल आएका थिए । यो त्यही समय हो जुनबेला उनको करिअर उचाइमा थियो । सन् १९९९ को लोकप्रिय हिन्दी फिल्म ‘प्यार मे कभी कभी’ मा नेपाली शब्दसमेत समेटिएको गीत थियो जसले नेपालमा पनि निकै चर्चा कमायो । ‘मुसुमुसु हाँसिदेऊ’ बोलको यो गीतमा शानको पनि स्वर छ ।

‘मुसुमुसु हाँसिदेऊ मलाई लै’ भन्नेबाहेक गीतको बाँकी भाग भने हिन्दीमा छ । यही नेपाली शब्दावली र धुनका कारण यो गीत नेपालमा पनि लोकप्रिय बनेको थियो ।

शुक्रबार विमानस्थल ओर्लिएपछि पत्रकारमाझ उनले यो गीत गाउँदा भएको गल्तीको किस्सा सुनाए । ‘म भोलि हिन्दी गीत पनि गाउँछु । नेपाली गीत पनि गाउँछु । मेरो पहिलो गीत (हिट भएको) नै नेपाली हो,’ उनले गीतमा भएको एउटा गल्ती सम्झँदै थपे, ‘मुसुमुसु हाँसिदेऊ न लै–लै हुनुपर्ने, त्यतिबेला मुसुमुसु हाँसिदेउ न मलाई भयो ।’

उनले यसपटक आफू पशुपतिनाथ मन्दिर जाने, घुमफिर गर्ने र मःम खाने योजना रहेको सुनाए । क्लब नोभामा उनले करिब ४० वटा गीत गाउने छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ४ : १९ बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक