नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य « Khabarhub

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा नेपाल ‘ए’ ले नर्दन टेरिटोरीको एनटी स्ट्राइकलाई जितको लागि १२३ रनको लक्ष्य दिएको छ । 

पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२२ रनको योगफल बनायो । 

नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४१ रन बनाएका हुन् । 

त्यसैगरी लोकेश बमले १३ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए भने नारायण जोशीले आठ बलमा एक चौका र एक छक्कासहित १५ रन जोडे । 

कप्तान अनिल साहले नौ बलमा एक चौका र एक छक्कासहित १४ तथा तृत राज दासले नौ बलमा दुई चौकासहित १३ रन बनाए ।

राशिद खानले १० तथा कुशल मल्लले नौ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पाँच बल खेल्दै खाता खोल्न नपाई आउट भए । शाहब आलम र रिजान ढकाल शुन्यमा अविजित रहे ।

यता एनटी स्ट्राइका लागि हमिस मार्टिनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डी’आर्सी सर्टले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ४ : ३५ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका