नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य « Khabarhub

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य


५ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा नेपाल ‘ए’ ले नर्दन टेरिटोरीको एनटी स्ट्राइकलाई जितको लागि १२३ रनको लक्ष्य दिएको छ । 

पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२२ रनको योगफल बनायो । 

नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४१ रन बनाएका हुन् । 

त्यसैगरी लोकेश बमले १३ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए भने नारायण जोशीले आठ बलमा एक चौका र एक छक्कासहित १५ रन जोडे । 

कप्तान अनिल साहले नौ बलमा एक चौका र एक छक्कासहित १४ तथा तृत राज दासले नौ बलमा दुई चौकासहित १३ रन बनाए ।

राशिद खानले १० तथा कुशल मल्लले नौ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पाँच बल खेल्दै खाता खोल्न नपाई आउट भए । शाहब आलम र रिजान ढकाल शुन्यमा अविजित रहे ।

यता एनटी स्ट्राइका लागि हमिस मार्टिनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डी’आर्सी सर्टले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ४ : ३५ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित