रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया « Khabarhub

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा तयार गरिएको ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको हो।

स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य बन्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट नामावली माग गर्ने निर्णयसमेत बैठकले गरेको छ।

राइट टु रिकलका लागि ११ सदस्यीय समिति

रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

पार्टीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यहरूलाई ४६० गाउँपालिकामा उम्मेदवार छनोट रूपरेखालगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न परिचालन गर्ने भएको छ। कार्यक्रमको संयोजन सह-महामन्त्री निशा डाँगीले गर्ने छिन्।

नयाँ पदाधिकारी र केन्द्रीय सदस्य

बैठकले विभिन्न पदमा नयाँ जिम्मेवारीसमेत तोकेको छ। केन्द्रीय समिति सदस्यमा सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राईलाई मनोनयन गरिएको छ।

त्यस्तै, सहमहामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डा. मनोहर प्रधान र सहकोषाध्यक्षमा बसुमाया तामाङलाई जिम्मेवारी दिइएको छ।

प्रवक्तामा ललितपुरका जगदीश खरेल तथा सहप्रवक्तामा डा. नमिता यादव र सुरेन्द्र चौधरीलाई नियुक्त गरिएको छ।

७ विभागमा जिम्मेवारी

रास्वपाले विभिन्न केन्द्रीय विभागको नेतृत्वसमेत तोकेको छ।

संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ।

प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई जिम्मेवारी दिइएको छ।

असोजदेखि ‘स्वतन्त्र’ डिजिटल पत्रिका

रास्वपाले आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, मधेशमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि पार्टी संगठनको अडिट गरिने भएको छ। त्यसका लागि सह-महामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ। समितिमा मधेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरू रहनेछन्।

बैठकले पार्टीको संगठन विस्तार तथा स्थानीय निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्दै आगामी कार्यक्रम अघि बढाउने निर्णय गरेको रास्वपा महामन्त्री आचार्यले जनाएका छन्।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ५ : १९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका