राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट « Khabarhub

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ (गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका लागि गाईको मासुको मूल्य घटाउने प्रयास गरिरहेको देखिन्छ ।

“हामी हाम्रा पशुपालकहरूलाई सहयोग गर्न काम गरिरहेको भएपनि आगामी ९० दिनसम्म संयुक्त राज्य अमेरिकाले ‘ग्राउन्ड बीफ’ का लागि तीन लाख मेट्रिक टनसम्मको उत्पादनलाई कोटाबाहिरको भन्साररहित आयात गर्न अनुमति दिनेछ,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् । अमेरिकी राष्ट्रपतिले कुन–कुन देशले यो बीफ निर्यात गर्ने भन्ने कुरा उल्लेख गरेका छैनन् ।

तर, ‘ग्राउन्ड बीफ’ लाई बजार मूल्यभन्दा २५ प्रतिशत कममा बेच्ने प्रतिबद्धता जनाएका छन् । “यो सम्झौताले अमेरिकीहरूका लागि मूल्य घटाउनेछ र हाम्रा महान् किसानहरूलाई ठाउँ दिनेछ,” राष्ट्रपति ट्रम्पले लेखेका छन् । अमेरिकी उपभोक्ताहरू उच्च खाद्य मूल्यको निरन्तर दबाबमा छन्, जसमा इरान युद्धसँग जोडिएको ऊर्जा सङ्कटले इन्धन र यातायात खर्च बढाएर थप प्रभाव पारेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ७ : ०७ बजे

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र