टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित « Khabarhub

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ । अष्ट्रेलियाको मारारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको हो । नेपाल एले जितका लागि दिएको १२३ रनको लक्ष्य पच्छाएको नर्दन टेरिटोरी स्ट्राइकले १५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

नर्दन टेरिटोरी स्ट्राइकले सुरुआतदेखि आक्रामक ब्याटिङ गरेको थियो । डाउट्जी होगेनबोजमले अविजित सर्वाधिक ५० रनको योगदान दिए भने जोर्डन सिल्कले अविजित ४२, कप्तान डार्सी सर्टले २३ रनको योगदान दिए । नेपाल एका पवन सर्राफले तीन ओभरमा १३ रन खर्चेर दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२२ रनको योगफल बनाएको थियो ।

नेपालका लागि पवन सर्राफले ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ४१ रन बनाए । लोकेश बमले १३ बलमा एक चौका र एक छक्कासहित १६, नारायण जोशीले आठ बलमा एक चौका र एक छक्कासहित १५, कप्तान अनिल साहले नौ बलमा एक चौका र एक छक्कासहित १४ र तृतराज दासले नौ बलमा दुई चौकासहित १३ रन बनाए । राशिद खानले १० तथा कुशल मल्लले नौ रन बनाए ।

नेपालका ओपनर कुशल भुर्तेल पाँच बल खेल्दै खाता खोल्न नपाई आउट भए भने शाहब आलम र रिजान ढकाल शून्यमा अविजित रहे । यता नर्दन टेरिटोरी स्ट्राइकका लागि हमिस मार्टिनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डार्सी सर्टले समान एक-एक विकेट लिए । नेपाल एले शनिबार बङ्गलादेशको ‘ए’ टोलीसँग खेल्नेछ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ७ : १३ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका