बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण « Khabarhub

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ। प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा
एमाले र नेकपाको गठबन्धन सरकारमा सहभागी नहुने पार्टी निर्णयलाई उल्लंघन गरेको विषय स्मरण गराइएको छ।

राप्रपाले यसअघि बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापालाई पार्टी साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ। उनैले आफ्नो व्यक्तिगत लेटरप्याड प्याड प्रयोग गरी सरकारलाई समर्थन रहेको बताएका थिए। सोहीआधारमा एमाले र नेकपाको सरकारमा मुख्यमन्त्री बनेका किरण थापाले राप्रपाका तीन सांसदलाई मन्त्री बनाएका थिए।

‘राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताको निजी लेटरप्याड प्रयोग गरी बागमती सरकारलाई दलको तर्फबाट भनि समर्थन दिएको कारण प्रदेश सभा सदस्य उद्धब थापाको पार्टी सदस्यता निलम्बन र प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको विषय जानकारी हॅुदाहॅुदै पार्टी निर्णय र निर्देशन विपरीत प्रदेश सरकारको मन्त्री पदको सपथ ग्रहण गरेका तीन सांसदहरु राजु बिष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले निजहरुलाई किन कारबाही नगर्ने भनि १२ घण्टा भित्र स्पष्टिकरण पेश गर्न समय दिएको छ,’ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ९ : ०८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार