कानुनसहित तीनवटा समितिको बैठक बस्दै « Khabarhub

कानुनसहित तीनवटा समितिको बैठक बस्दै


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा  प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपाय सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री, नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत निर्देशनालय, कार्यक्रम तथा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद व्यवस्थापन, प्रभावित  नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्याय सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बाढी तथा पहिरो प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट, धादिङ) मा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनःस्थापना तथा पुनर्निर्माणका साथै पुनर्निर्माणको लागि आवश्यक लगानी व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ६ : १७ बजे

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज