एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै « Khabarhub

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोबाट सुरु भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने भएको हो ।

हिजो निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक आज विहान बस्न लागेको हो । बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्नेछ ।

यसै गरी केन्द्रीय कमिटीको बैठक बिहान ११ बजेदेखि ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुनेछ । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई बोल्नका लागि समय उपलब्ध गराउने एमालेको तयारी छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ७ : ५९ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्