कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा « Khabarhub

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ । झापा जिल्ला डेंगुको सबैभन्दा उच्च जोखिममा देखिएको छ ।

कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगुको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ ।

उनका अनुसार झापामा मात्रै हालसम्म २२८ जनामा संक्रमण पुष्टि भइसकेको छ । दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरी हो । जहाँ २०३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

निर्देशनालयका अनुसार ओखलढुंगामा १२२ जना र खोटाङमा ८२ जनामा संक्रमण देखिएको छ । संखुवासभामा १८, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, धनकुटामा ४, मोरङमा २०, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ वटा सम्भावित र दुई वटा शंकास्पद विरामी अस्पतालमा रहेको उनले जानकारी दिए । संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने लगायतका अभियान सञ्चालन आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ८ : ०६ बजे

राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

कास्की– दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले खेलाडी छनोटलगायत

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘पहिला हिमाल देख्दा गौरव लाग्थ्यो, आजकल खतरा महसुस हुन्छ’

मेरो नाम छेतेन ग्याल्पो हो। म रसुवाको स्याफ्रुबेंसीको स्थानीय बासिन्दा

च्याम्पियन्स लिग : आर्सनलले हरायो स्लाभिया प्रागलाई

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनल विजयी भएको छ

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की– पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो