सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू) « Khabarhub

सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू)


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुनसरी– हेर्दा आकर्षक, लामो पुच्छर । पानीमा तैरिएका पातहरूमा हिँड्ने अनौठो क्षमता यो चरासँग छ । यसको टाउकोको अघिल्लो भाग सेतो, घाँटीको पछाडिको भाग चम्किलो सुनौलो र शरीर गाढा खैरो र कालो हुन्छ ।

यतिबेला सिमसार क्षेत्रमा भेटिने यो आकर्षक चराले सबैलाई मोहित बनाउँछ । दुर्लभ प्रजाति नभएपनि यो चराको सुन्दरता हेर्न र तस्बिर कैद गर्न फोटोग्राफर तथा चराप्रेमीहरु लालायित हुन्छन् ।

यसले सिमासार क्षेत्रमा पानीमाथि नै गुँड बनाएर बच्चा हुर्काउँछ । कोसीटप्पु वन्यजन्तु आरक्ष वरपरका क्षेत्रका धेरै ठाउँमा यसले गुँड बनाएर बच्चा हुर्काउँदै गरेको पंक्षीविद् अनिष तिम्सिना बताउँछन् ।

उनकाअनुसार प्रशस्त पानी भएकाले अहिलेको समय धेरै सिमसारमा यसको बासस्थान देख्न सकिन्छ । जाडो मौसममा भने यो चरा हत्तपत्त भेट्न मुस्किल हुन्छ । सप्तकोशीको मध्य भाग तथा जंगल क्षेत्रमा पानी बाँकी रहेको पोखरीमा सुरक्षित रूपमा बसेको देख्न सकिन्छ ।

यो चराले प्रायः कमलका ठूला–ठूला पात तथा जलकुम्भी भएको ठाउँमा गुँड बनाउन रुचाउँछ । यसले पानीमा भेटिने विभिन्न किरा, लेउ, विभिन्न वनस्पतीका दाना, फूलको कलिला कोपिलालाई आहारा बनाउँछ ।

यसका खुट्टा र औँलाहरू शरीरको तुलनामा निकै लामा हुन्छन् । लामा औँलाहरूले गर्दा यसले सिमसारमा तैरिएका कमल र अन्य पातमाथि सन्तुलित भएर हिँड्न सक्छ ।

यसले माघ–फागुनतिर जोडी खोज्न सुरू गर्दछ भने वैशाख–जेठतिर अण्डा पार्ने, ओथारा बस्ने र बच्चा हुर्काउने प्रक्रिया सुरू गर्ने पंक्षीविद् तिम्सिनाले सुनाए । असोज–कार्तिकमा यसले बच्चा हुर्काएर वयस्क बनाइसक्छ ।

यसको पोथीले एउटै सिजनमा धेरै भालेसँग जोडी बाँध्छे । यसले पानीमाथि तैरने गुँडमा अण्डा पारेर छोडेर जान्छे । त्यसपछि अण्डा कोरल्ने र बच्चा हुर्काउने काम भालेले गर्दछ ।

प्रजनन समय र अरू समय यसको रूप, आकार र रंगमा समेत फेरबदल हुने रोचक पक्षबारे तिम्सिना भन्छन्, ‘बच्चा हुर्कँदै गएपछि लामो पुच्छर छोटिँदै जान्छ र ब्रिडिङको समयमा फेरि बढ्छ ।’ टाउकोको अघिल्लो भाग, घाँटी पछाडिको पहेँलो तथा शरीरको बाँकी भागको रंगसमेत हेरफेर हुने उनको भनाइ छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १० : ४१ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा