सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू) « Khabarhub

सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू)


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुनसरी– हेर्दा आकर्षक, लामो पुच्छर । पानीमा तैरिएका पातहरूमा हिँड्ने अनौठो क्षमता यो चरासँग छ । यसको टाउकोको अघिल्लो भाग सेतो, घाँटीको पछाडिको भाग चम्किलो सुनौलो र शरीर गाढा खैरो र कालो हुन्छ ।

यतिबेला सिमसार क्षेत्रमा भेटिने यो आकर्षक चराले सबैलाई मोहित बनाउँछ । दुर्लभ प्रजाति नभएपनि यो चराको सुन्दरता हेर्न र तस्बिर कैद गर्न फोटोग्राफर तथा चराप्रेमीहरु लालायित हुन्छन् ।

यसले सिमासार क्षेत्रमा पानीमाथि नै गुँड बनाएर बच्चा हुर्काउँछ । कोसीटप्पु वन्यजन्तु आरक्ष वरपरका क्षेत्रका धेरै ठाउँमा यसले गुँड बनाएर बच्चा हुर्काउँदै गरेको पंक्षीविद् अनिष तिम्सिना बताउँछन् ।

उनकाअनुसार प्रशस्त पानी भएकाले अहिलेको समय धेरै सिमसारमा यसको बासस्थान देख्न सकिन्छ । जाडो मौसममा भने यो चरा हत्तपत्त भेट्न मुस्किल हुन्छ । सप्तकोशीको मध्य भाग तथा जंगल क्षेत्रमा पानी बाँकी रहेको पोखरीमा सुरक्षित रूपमा बसेको देख्न सकिन्छ ।

यो चराले प्रायः कमलका ठूला–ठूला पात तथा जलकुम्भी भएको ठाउँमा गुँड बनाउन रुचाउँछ । यसले पानीमा भेटिने विभिन्न किरा, लेउ, विभिन्न वनस्पतीका दाना, फूलको कलिला कोपिलालाई आहारा बनाउँछ ।

यसका खुट्टा र औँलाहरू शरीरको तुलनामा निकै लामा हुन्छन् । लामा औँलाहरूले गर्दा यसले सिमसारमा तैरिएका कमल र अन्य पातमाथि सन्तुलित भएर हिँड्न सक्छ ।

यसले माघ–फागुनतिर जोडी खोज्न सुरू गर्दछ भने वैशाख–जेठतिर अण्डा पार्ने, ओथारा बस्ने र बच्चा हुर्काउने प्रक्रिया सुरू गर्ने पंक्षीविद् तिम्सिनाले सुनाए । असोज–कार्तिकमा यसले बच्चा हुर्काएर वयस्क बनाइसक्छ ।

यसको पोथीले एउटै सिजनमा धेरै भालेसँग जोडी बाँध्छे । यसले पानीमाथि तैरने गुँडमा अण्डा पारेर छोडेर जान्छे । त्यसपछि अण्डा कोरल्ने र बच्चा हुर्काउने काम भालेले गर्दछ ।

प्रजनन समय र अरू समय यसको रूप, आकार र रंगमा समेत फेरबदल हुने रोचक पक्षबारे तिम्सिना भन्छन्, ‘बच्चा हुर्कँदै गएपछि लामो पुच्छर छोटिँदै जान्छ र ब्रिडिङको समयमा फेरि बढ्छ ।’ टाउकोको अघिल्लो भाग, घाँटी पछाडिको पहेँलो तथा शरीरको बाँकी भागको रंगसमेत हेरफेर हुने उनको भनाइ छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १० : ४१ बजे

रास्वपाकै सांसदको गुनासो : ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले दसैँका बेला हवाई

पर्सामा लागूऔषध गाँजासहित तीन जना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई  नियन्त्रणमा लिएको छ । 

राजदूत प्रकरणमा ज्ञानेन्द्रले घेरे सरकारलाई : विदेशी सहयोगमा पालितपोषितकै हालिमुहाली भएछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा