एसियाड : पुरुष कबड्डीमा नेपाल पराजित « Khabarhub

एसियाड : पुरुष कबड्डीमा नेपाल पराजित


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । 

जापानको नायोगास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको हो । दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अङ्कले पराजित भयो । 

पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ सकिँदा थाइल्यान्डसँग नेपाल २८–२४ ले पछि पर्‍यो । 

दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन । दोस्रो हाफमा पनि थाइल्यान्डको आक्रामक शैलीलाई रोक्न नेपाल असफल रह्यो । दोस्रो हाफमा थाइल्यान्डले ३१ अङ्क जोड्दा नेपालले २४ अङ्क बनाउन सक्यो ।

समूह ‘बी’ रहेको थाइल्यान्डले ११ अङ्कको जित निकाल्यो । भारतमा व्यावसायिक लिग खेलेका घनश्याम रोक्कामगरको कप्तानीमा नेपालले जित निकाल्न असफल भयो । समूह बी अन्तर्गत नेपालले भोलि पाकिस्तानसँग खेल्नेछ ।
 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ११ : १४ बजे

दोलखा कांग्रेसको वडा अधिवेशन : ७१ वडामा सम्पन्न, ३ वडाको बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

पर्सामा दुई राउन्ड हवाई फायर गरेर ३० किलो गाँजासहित तीन जना पक्राउ

काठमाडाैँ – पर्सा प्रहरीले हवाई फायर गरी ३० किलोग्राम गाँजासहित

डुजुआनले जापानमा जनजीवन प्रभावित

टोकियो– टाइफुन डुजुआन टोकियो नजिकिँदै गर्दा सोमबार जापानमा कम्तीमा २७५

नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै

नवलपुर– कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले करिब पाँच करोड रुपैयाँ

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

ग्वाङ्झाउ– दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा