रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्कीसहित तीनजना नियुक्त « Khabarhub

रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्कीसहित तीनजना नियुक्त


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग सदस्यमा युवा नेता हिक्मत जंग कार्कीसहित तीनजना नियुक्त भएका छन् ।

आइतबार बसेको रास्वपा सचिवालय बैठकले विभागको सदस्यमा कार्कीसहित महेश भट्ट र हुम्लाकी टासी ल्हाजोमलाई पनि नियुक्त गरेको हो।

आइतबार बसेको सचिवालय बैठकले शिशिर खनाल संयोजक रहेको विभागमा कार्कीसहित तीनजनालाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले बताएका छन्।

रास्वपाको पहिलो महाधिवेशनअघि पनि कार्की त्यही पदमा रहेका थिए । महाधिवेशनपछि पनि रास्वपाले उनलाई खनाल नेतृत्वको उक्त विभागको सोही पदमा निरन्तरता दिएको हो ।

काठमाडौँ निवासी कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ उक्त जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।

कार्की अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा लामो अनुभव भएका युवा हुन् । उनीसँग विश्वभरका युवा लोकतन्त्रवादीहरू आबद्ध सङ्गठनको सहअध्यक्षको भूमिका निर्वाह गरिसकेको अनुभव छ ।

उनले युनिभर्सिटी अफ इस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक तह पूरा गरेका छन् ।

विगतमा उनले उनले पोल्याण्डमा सम्पन्न संयुक्त राष्ट्र संघीय वर्ल्ड अर्बन फोरम, अमेरिकाको वासिङ्टन डिसी र न्यूजील्याण्डमा भएका प्रजातान्त्रिक फोरमलगायत फिनल्याण्ड, जर्मनी, मोरक्को, बेलायत लगायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै नीतिगत संवाद र विश्वव्यापी सञ्जालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विभागमा मनोनीत भएसँगै कार्कीले पार्टीको विधान, नीति र सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहँदै नेतृत्वको मार्गदर्शनमा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र विस्तार गर्न आफ्नो तर्फबाट निरन्तर प्रयास रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  २ : ४६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका