नेपाल–भुटान–भारतको ‘टनेल २६’ असोज २३ देखि हलमा « Khabarhub

नेपाल–भुटान–भारतको ‘टनेल २६’ असोज २३ देखि हलमा


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गतेदेखि नेपाली हलमा प्रदर्शनमा आउने भएको छ। डर, रहस्य र रोमाञ्चलाई केन्द्रमा राखिएको फिल्मले एउटा रहस्यमय सुरुङभित्र लुकेको श्रापको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्मको प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले नयाँ पोस्टरसमेत सार्वजनिक गरेको छ। पोस्टरमा अँध्यारो सुरुङ, त्यसमा देखिएका पात्रहरू र रहस्यमय वातावरणलाई प्राथमिकता दिइएको छ। पोस्टरले नै फिल्मको कथा पहाडमुनि रहेको सुरुङ र त्यहाँ लुकेको रहस्य वरिपरि घुम्ने संकेत गर्छ।

सांगे सेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता छ। फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्।

फिल्ममा सांगे सेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्। यसले तीन देशका कलाकारलाई एउटै हरर कथामा जोडेको छ।

फिल्म निर्माणमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता सांगे सेल्ट्रिम तथा दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य रहेको छ।

निर्माण पक्षका अनुसार नेपाल र भुटानमा प्रदर्शनपछि फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तयारी गरिएको छ। एसिया तथा उत्तर अमेरिकालगायतका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत प्रदर्शन गर्ने योजना रहेको बताइएको छ।

तीन देशका कलाकार र प्राविधिकको सहकार्यमा बनेको यो फिल्मले नेपाली दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासोका बीच ‘टनेल २६’ असोज २३ गतेदेखि हलमा पुग्नेछ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : ३६ बजे

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका