टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द « Khabarhub

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

मौसमविद्ले टाइफुनका कारण राजधानी टोकियोसहित आसपासका क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरी आउन सक्ने तथा केही स्थानमा कीर्तिमानी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।

जापानको कात्सुउरा सहरबाट करिब १३० किलोमिटर दक्षिणमा रहेको टाइफुन डुजुआनले प्रतिघण्टा करिब १४४ किलोमिटरको गतिमा हावा चलाइरहेको थियो। आँधी उत्तरतर्फ अघि बढेसँगै टोकियो र आसपासका क्षेत्रमा यसको प्रभाव बढ्दै गएको छ।

जापान एयरलाइन्सले १३५ र अल निप्पोन एयरवेजले १४० उडान रद्द गरेका छन्। टोकियो आसपासका नौ हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। टोकियो, चिबा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने केही रेल सेवा पनि स्थगित गरिएका छन्।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार मङ्गलबारसम्म हुने वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षा नाघ्न सक्नेछ। केही क्षेत्रमा कीर्तिमानी वर्षा हुने सम्भावनासमेत रहेको एजेन्सीले जनाएको छ। टाइफुनको प्रभाव सुरु हुनुअघि नै वर्षा र हावाको गति बढ्ने चेतावनी दिइएको थियो।

विपद् व्यवस्थापन अधिकारीहरूले राजधानी टोकियो र आसपासका क्षेत्रमा १६ लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। यद्यपि, उक्त आग्रह अनिवार्य गरिएको छैन।

टाइफुनका कारण हालसम्म एक जना सामान्य घाइते भएका छन् भने नौ घरमा क्षति पुगेको बताइएको छ।

आँधीका कारण चिबामा भइरहेको ‘टोकियो गेम शो’ सोमबार निर्धारित समयभन्दा अगावै बन्द गरिएको छ। चिबामै आयोजना हुने ठूलो खुला सङ्गीत महोत्सव र बेसबल खेल पनि रद्द गरिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा लोकप्रिय पर्यटकीय स्थल कामाकुरा स्टेसन आसपासका सडक डुबानमा परेको देखिएको छ। कामाकुराका मेयर ताकासी मात्सुओले सडकमा पानी जमेकाले कारमा यात्रा गर्नु जोखिमपूर्ण रहेको बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ६ : ०३ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी