दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत « Khabarhub

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको प्रयास गर्नु गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले गणेश नेपाली र पछिल्लो समय दावा लामाले आत्मदाहको प्रयास गरेको घटनालाई राज्यप्रणाली तथा मुलुकको आर्थिक–सामाजिक अवस्थाप्रति बढ्दो निराशा र अविश्वासको संकेतका रूपमा लिनुपर्ने बताएका हुन् ।

भट्टराईले यस्तो अवस्थालाई राजनीतिक दल तथा सरोकारवालाले गम्भीरतापूर्वक बुझेर आर्थिक–राजनीतिक समस्याको दिगो र संरचनात्मक समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

उनले राजनीतिक शक्तिहरूलाई उत्तेजक अभिव्यक्ति र मुठभेडको वातावरण सिर्जना नगर्न पनि आग्रह गरेका छन्। आत्मदाहको बाटो रोज्ने युवाको अवस्थालाई हल्का रूपमा नलिनसमेत उनले सचेत गराएका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ९ : ४२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल