बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी « Khabarhub

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति ताजा हुन्छन् । दसैँ र बाल्यकाललाई छुट्टै राखेर हेर्नै सकिँदैन ।

लेखक तथा निर्देशक पुरु लम्साल आफ्नो बाल्यकालको दसैँ सम्झँदै भन्छन्, “दसैँ आएपछि मुख्यतया तीन वटा चिजको बढी याद आउँछ; एउटा लेकमा गएर आलु ल्याउने कुरा, त्यसपछि स्कुलको नयाँ लुगा लगाउने कुरा र अर्को मासु खाने कुरा ।” बाल्यकालका यी सामान्य खुसीहरू नै उनका लागि दसैँका सबैभन्दा ठूला आकर्षण थिए ।

त्यतिबेला गाउँमा दसैँ आउनुभन्दा धेरै अघिदेखि नै चहलपहल सुरु हुन्थ्यो। गाउँघरमा लिंगे पिङ हाल्ने छुट्टै किसिमको उमङ्ग हुन्थ्यो। पिङका लागि आवश्यक पर्ने बाबियो काट्न सबै घरबाट एक-एक जना जानुपर्ने उनी स्मरण गर्छन्।

उनी भन्छन्, “हामी कहिले छपेलीपाखा जान्थ्यौं, कहिले लाहुरे खोरिया जान्थ्यौं। बाबियो काटेर ल्याएपछि पिङको लठरो बाट्न हामी सानो भएकाले बुवाहरूले सहयोग गर्नुहुन्थ्यो।”

सिमलको रुख, पँधेरा गैरीको आँपको बोट, घरको लामे आँप र डाँडाको सुपारी आँपका बोट उनका गाउँका दसैँमय चौतारी हुन्। राम्चेको पाखाबाट ल्याएको रातो माटो र छपेली डाँडाको बाबियोको डोरी नै उनका लागि दसैँका पर्याय थिए।

“टेक्नोलोजीले हामीलाई फराकिलो बनाउँदै लग्यो तर मान्छेको हृदयलाई साँघुर्याउँदै लग्यो। त्यसकारण दसैँ अहिलेको अवस्थामा फेरिएको छ।”

समयसँगै समाज, प्रविधि र मान्छेको जीवनशैलीमा आएको फेरबदलले चाडपर्व मनाउने तौरतरिकामा परिवर्तन ल्याएको छ। आज हामी सहरी जीवनको व्यस्ततामा बाँधिएका छौँ। लम्साल भन्छन्, “काठमाडौंमा एउटा फ्ल्याटमा हामी बस्छौं। एउटा तलामा पूर्वको मान्छे होला, अर्कोमा पश्चिमको, यस्तै अर्कोमा तराईको होला। तर बीचको फ्ल्याटमा बस्नेले दसैँ मानेको छ कि छैन, अर्कोले छठ पर्व मानेको छ कि छैन कसैलाई थाहा हुँदैन।”

भौतिक रूपमा हामी नजिक भए पनि भावनात्मक रूपमा छिमेकीसँग समेत आत्मीयता हराउँदै गएको उनको ठम्यााइ छ।

प्रविधिको विकास र वैदेशिक रोजगारीले पारिवारिक तथा सांस्कृतिक मूल्यमान्यतामा समेत असर पारेको छ। विदेशमा रहेका आफन्तको व्यस्तताले चाडपर्वको मर्म नै बदलिदिएको उनी बताउँछन्।

“मेरो एउटा बहिनी अस्ट्रेलियामा छ, उसले टीकाको दिन पनि काम गर्न जानुपर्छ। उसलाई टीका लगाएर बस्ने फुर्सद भएन नि,” उनी दुखेसो पोख्छन्, “दुईवटै चिज भयो, सांस्कृतिक विचलन पनि भयो। किनभने यहाँ हुँदा त उसले टीका लगाउथी, जमरा लगाउथी, आफूभन्दा ठूलाकहाँ गएर आशिर्वाद लिन्थी होला। तर बाहिर गएपछि दसैँको महत्त्व नै रहेन।”

“दसैँ भन्नेवित्तिकै मैले सम्झने भनेको राम्चेको पाखामा गएर ल्याएको रातो माटो अनि छपेली डाडामा गएर ल्याएको बाबियोको डोरी।”

आधुनिक प्रविधि र उपकरणले संसारलाई एउटा सानो गाउँ त बनाइदिएको छ, तर यसले मानिसबीचको आत्मीयतालाई भने साँघुरो बनाउँदै लगेको छ।

प्रविधिको यो विडम्बना औँल्याउँदै लम्साल भन्छन्, “टेक्नोलोजीले हामीलाई फराकिलो बनाउँदै लग्यो तर मान्छेको हृदयलाई साँघुर्याउँदै लग्यो। त्यसकारण दसैँ अहिलेको अवस्थामा फेरिएको छ। चाडपर्व किन टाढा भए भन्दा टेक्नोलोजीसँगै हामी साँघुरिँदै गयौं।”

प्रविधिको बन्दी बनेको आजको यो कृत्रिम जीवनशैलीमा बाल्यकालको त्यो खुलापन, गाउँको माटोको सुवास र सामूहिक सद्भावपूर्ण दसैँ आज हरेकका लागि केवल एक स्मृति बनेर मात्रै बाँकी रहेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ९ : १४ बजे

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य

टेलिकमको टावरमा समस्या, मुगु र हुम्लाका बस्तीमा सञ्चार सेवा प्रभावित

मुगु– मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क