आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी तिथि । विजया दशमीको टीका ग्रहण गर्ने दिन । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन धेरै राम्रो छ।  गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटन क्षेत्रमा रमाइलो गर्ने अवसर मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

वृष : ठिकै दिन छ । स्वास्थ्यमा सुधार हुनेछ। साना कुराले मन अशान्त हुनसक्छ। लगानीको क्षेत्र संकटमा पर्ने जोखिम रहेको छ। आज शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ ।

मिथुन : दिन सामान्य छ । लगानीमा अवरोध हुँदा मानसिक तनाव बढ्नेछ। राज्यको तर्फबाट भय बढ्ने छ। सानो रकम भए पनि दान गरेर मनलाई शान्त छ।पार्न सक्नुहुनेछ। संकटमा परिवारको भने साथ र सहयोग मिल्नेछ ।

कर्कट : दिन राम्रो छ।  मन शान्त बन्नेछ। बोलीमा सुधार गर्नुपर्ने छ । व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी साथी शान्त भएकाले मौन बसेर आफ्नो काम गर्नु उचित हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ।

सिंह : आज नसोचेको धन प्राप्त हुनेछ। समस्याको समाधान हुनेछ । मित्रबाट साथ र सहयोग मिल्नेछ। औषधी नियमित गर्न सकेमा रोगबाट मुक्ति मिल्नेछ। विपक्षी साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। छोटो दूरीको सुखद् यात्रा हुनेछ।

कन्या : दिन सामान्य छ । बोली र व्यवहारमा एकरुपता भएमा मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। अग्रजबाट हौसला प्राप्त हुनेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

तुला : आज मानसम्मान प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । मन शान्त बन्ने छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय छ। व्यापारमा परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृश्चिक : दिन राम्रो छैन । काम गर्दा सचेत बन्नुपर्ने छ । अचानक मनमा असन्तोष पैदा हुनेछ। कुटुम्बसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नु फाइदा हुनेछ। हरेक काममा बाधा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

धनु : काम गर्दा सचेत बन्नुपर्ने दिन छ । सुख र आनन्द प्राप्त हुने दिन छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्दा प्रेम सम्बन्धमा उत्साह बढ्नेछ। शिक्षामा श्रम गर्नुपर्ने दिन छ ।

मकर : दिन राम्रो  छ । आजको दैनिकी तपाईंका लागि सहज रहेको छ। रमाइलो गर्ने नाममा खर्च बढ्नेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ। अरुको कामका लागि आफ्नो समय र खर्च नगर्नु उचित हुनेछ।

कुम्भ : मनमा उत्साह बढ्नेछ । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ। पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

मीन : साना कुराले मनमा मन खुशी हुनेछ । आफ्नै परिवारका कारण भने मनमा असन्तुष्टि बढ्नेछ। दैनिक काममा कसैसँग विवाद नगर्नु उचित हुनेछ। व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ५ : ४१ बजे

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको