टेलिकमको टावरमा समस्या, मुगु र हुम्लाका बस्तीमा सञ्चार सेवा प्रभावित « Khabarhub

टेलिकमको टावरमा समस्या, मुगु र हुम्लाका बस्तीमा सञ्चार सेवा प्रभावित


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्या आएपछि मुगु र हुम्लाका विभिन्न बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।

गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या दसैँपछि मात्रै समाधान गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको मुगु कार्यालयका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जडान गरिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सञ्चार सेवा अवरुद्ध भएको हो ।

दसैँ बिदामा कर्मचारी घर गएकाले तत्काल मर्मत गर्न नसकिने उनले बताए।

टावरमा समस्या आएपछि मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा सञ्चार सेवा प्रभावित भएको छ ।

अदानचुली गाउँपालिका–४ का वडासदस्य सिंह बोहराले समस्या समाधानका लागि टेलिकमका कर्मचारीलाई पटक–पटक फोन गरेर आग्रह गरिएको बताए । सञ्चार सेवा अवरुद्ध हुँदा दसैँमा घर आउने तथा घरबाट बाहिर जाने आफन्तसँग सम्पर्क गर्न र रकम पठाउनसमेत समस्या भएको उनले बताए।

भौगोलिक विकटताका कारण वैकल्पिक सञ्चार माध्यमको पहुँचसमेत सहज नभएका यी क्षेत्रका नागरिक टेलिकमको सेवा अवरुद्ध हुँदा थप समस्यामा परेका छन् । दसैँका बेला आफन्तसँग सम्पर्क गर्न र आर्थिक कारोबार गर्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  १० : २४ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर