कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल « Khabarhub

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा २३ पुरुष र नौ महिला छन् । उनीहरूलाई कैद सजाय भुक्तान गराउन र जरिवाना असुल गर्न अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

उहाँका अनुसार पक्राउ परेका प्रतिवादीबाट १२ वर्ष छ महिना आठ दिन कैद तथा १६ लाख ६६ हजार ९७२ रुपैयाँ बिगो असुलउपर भएको छ ।

चेक अनादर, बिगो लेनदेन, बैंकिङ कसुर, सवारी ज्यान र अभद्र व्यवहारलगायत मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउन सक्रियता बढाएको छ । गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका थिए । असोज महिनामा चालु मुद्दामा पनि ११२ जना पक्राउ परेको कार्यालयले जनाएको छ ।

यसैबीच, असोज महिनामा कास्कीमा अपराधसम्बन्धी १५९ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सात, आर्थिक अपराधका २४ र अन्य अपराधसम्बन्धी १०३ वटा मुद्दा रहेका छन् ।

सोही अवधिमा सामाजिक हिंसासम्बन्धी ६९ वटा ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ११ : ०० बजे

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै