दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन « Khabarhub

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप रु १६ लाख सात हजारभन्दा बढी रकम संकलन गरिएको छ ।

तनहुँ अन्तरराष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त प्रयासमा नेपाल पत्रकार महासङ्घमार्फत संकलित कूल रु १६ लाख सात हजार ८३२ मध्ये उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको उपचारका लागि रु १२ लाख पाँच हजार ८७५ हस्तान्तरण गरिएको हो ।

तनहुँ अन्तर्राष्ट्रिय समाजका अध्यक्ष राजन त्रिपाठीले इन्दिरा कार्की उपाध्यायलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । संकलित रकममध्ये बाँकी रु चार लाख एक हजार नौ सय ५७ दसैँलगत्तै स्व उपाध्यायका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको बैंक खातामा जम्मा गरिने समाजले जनाएको छ ।

गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धकसमेत रहेका स्व उपाध्यायको गत महिना निधन भएको थियो । तनहुँको भानु नगरपालिका–१, भन्सार निवासी उपाध्यायको परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न संस्थाको संयुक्त पहलमा उक्त रकम संकलन गरिएको हो ।
 

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ११ : ४० बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता