नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण « Khabarhub

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएको छ भने केन्यामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ ।

नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार, सङ्क्रमित महिलालाई एकान्तवासमा राखेर उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी निगरानी सुरु गरिएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे महिनामा सुरु भएको प्रकोपबाट नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने चार हजार ३८१ जनाको मृत्यु भएको छ ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महानिर्देशक जीन कासेयाले प्रकोपलाई गम्भीर खतरा बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई आर्थिक सहायता, औषधि र स्वास्थ्यकर्मी उपलब्ध गराउन आग्रह गरेका छन् ।

केन्यामा पहिलो सङ्क्रमितको नजिकका परिवार सदस्यमा नवौँ सङ्क्रमण पुष्टि भएको हो । यता, युगान्डाले देशमा सक्रिय सङ्क्रमण नरहेको जनाएको छ । सन् २०१४ पछि नाइजेरियामा इबोलाको यो पहिलो घटना हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ४ : ३८ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट