तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो « Khabarhub

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएकी थिइन् ।

त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

यसरी नाइके, गुरु, पुरोहितलगायतले टीका लगाएपछि सर्वसाधारणका लागि खुला गरिएको टीका ग्रहणको काम सुरु भएको तलेजुका पूर्वमुल नाइके जोशीले बताए । एकान्त कुमारी लुनिभाको हातबाट टीका स्थानीय भक्तजन एवं आमसर्वसाधारणले टीका ग्रहण गरेपछि दुर्गा बिसर्जनसहित तलेजु भवानीलाई दसैँ घरबाट मूलचोक दक्षिण देवगृहमा भित्र्याइएको उनले जानकारी दिए ।

फूलपातीको दिन तलजुलाई देवगृहबाट मूलचोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको थियो । राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरुले तलेजु भवानीसहित अन्य देवीदेवतालाई विधिपूर्वक आज देवगृहमा भित्र्याउनुभएको जोशीले जानकारी दिए ।

भक्तपुरस्थित तलेजु यात्राका क्रममा १९ जना पुजारीले परम्परागत रुपमा लगाइँदैआएको जामा, पगरी, भोटो, खास्टोसहितको वस्त्र धारण गरी देवीदेवतालाई दसैँघरमा भित्र्याएका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ५ : ३२ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल