ट्रम्पद्वारा ले पेनको प्रशंसा « Khabarhub

ट्रम्पद्वारा ले पेनको प्रशंसा


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई ‘रूढीवादी आवाज’ भन्दै प्रशंसा गरेका छन् । तर सन् २०२७ को फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उनलाई समर्थन गर्ने विषयमा भने ट्रम्पले स्पष्ट धारणा व्यक्त गरेनन् ।

अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले फ्रान्सको अशान्तिलाई आप्रवासन र वामपन्थी राजनीतिविरुद्ध आफ्नो धारणा राख्ने अवसरका रूपमा प्रस्तुत गर्दै आएका छन् । ले पेनलाई समर्थन गर्ने कि भनेर पत्रकारले सोध्दा ट्रम्पले आफूले उनलाई नभेटेको बताउँदै उनमाथि अन्याय भएको जस्तो लागेको उल्लेख गरे ।

सन् २०२५ मार्चमा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएकी ५८ वर्षीया ले पेनलाई सुरुमा पाँच वर्षसम्म निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लगाइएको थियो । तर यस वर्ष पुनरावेदन अदालतको निर्णयले उनलाई सन् २०२७ को राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ ।

आफैँले पनि अमेरिकी न्याय प्रणाली राजनीतिक उद्देश्यका लागि प्रयोग भइरहेको आरोप लगाउँदै आएका ट्रम्पले ले पेनको मुद्दालाई त्यही सन्दर्भमा जोडे । उनले हालै दक्षिण अमेरिकाका निर्वाचनमा आफूले समर्थन गरेका दक्षिणपन्थी नेताहरूको सफलताको पनि उल्लेख गरे ।

फ्रान्सको अशान्तिबारे ट्रम्पले भने, “त्यो सामान्य दङ्गा वा विरोध प्रदर्शन थिएन, क्रान्तिजस्तै थियो र अझै जारी छ ।” यसअघि कान्सासमा आयोजित चुनावी सभामा उनले फ्रान्स आप्रवासी, जिहादी र कम्युनिस्टहरूबाट कब्जा गरिएको, लुटिएको र जलाइएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ६ : ११ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र