ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन « Khabarhub

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन् । युरोपभर बढ्दो महँगीविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला ग्रीसका अन्य सहरमा पनि विद्यार्थी र शिक्षकले जुलुस निकालेका छन् ।

उत्तरी सहर थेसालोनिकी र पश्चिमी बन्दरगाह सहर पात्रासमा समेत प्रदर्शन भएको छ । इन्धनको मूल्यवृद्धि, महँगो आवास, विद्यालयहरूको कमजोर अवस्था र शिक्षामा पर्याप्त सरकारी लगानी नहुँदा विद्यार्थी तथा शिक्षकहरू आन्दोलित भएका हुन् । फ्रान्स, इटाली र अल्बानियालगायतका देशमा पनि यस्तै प्रदर्शन भएका छन्, जहाँ केही स्थानमा हिंसा भड्किएको छ ।

एथेन्समा प्रदर्शनकारीहरूले ‘ग्रीसदेखि फ्रान्ससम्म, शिक्षामा लगानी बढाऊ’ भन्ने नारासहितका ब्यानर बोकेका थिए । केहीले ‘पढ्ने कि बाँच्ने?’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । बीस वर्षीय इन्जिनियरिङ विद्यार्थी पानागियोटिस मोस्कोनासले जीवनयापनको बढ्दो लागतबाट प्रभावित विद्यार्थीलाई सरकारले पर्याप्त सहयोग नगरेको भन्दै आलोचना गरे । सरकारले घोषणा गरेको मासिक १२० युरोको भाडा अनुदान आधा भाडा तिर्नसमेत पर्याप्त नहुने र उक्त रकम वर्षको अन्त्यमा मात्र उपलब्ध हुने उनले बताए ।

प्रदर्शनका क्रममा दङ्गा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो । प्रहरीले प्रदर्शनस्थलतर्फ जाने व्यक्तिहरूको जाँच तथा झोला खानतलासी गरेको थियो । ग्रीसमा विगतका प्रदर्शन हिंसात्मक बन्ने गरेका कारण जुलुस मार्गमा पर्ने पसल तथा क्याफेहरूले आफ्ना झ्यालको सुरक्षाका लागि स्टिलका सटर बन्द गरेका थिए । यसैबीच, शिक्षकहरूले बुधबार हडताल गरेका छन् ।

हडतालका कारण केही विद्यालय प्रभावित भए पनि केही विद्यालय भने सञ्चालनमा रहेका थिए । शिक्षक इओनिस रोम्पसले परिवारको दैनिक खर्च धान्न कठिन हुँदै गएको र विद्यालयको अवस्था वर्षैपिच्छे बिग्रँदै गएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।

उच्च मूल्यवृद्धि र आर्थिक दबाबका कारण शिक्षकहरू हडतालमा उत्रिन बाध्य भएको उनले बताए । प्रदर्शनकारीहरूले विद्यार्थीका लागि किफायती आवासको व्यवस्था, शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि तथा बढ्दो महँगीबाट राहत दिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ७ : ४१ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा