एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता « Khabarhub

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सम्पूर्ण खेलले उक्त मान्यता पाएको जानकारी दिएको हो ।

यसअघि आईसीसीले एनपीएलको तेस्रो संस्करणलाई औपचारिक मान्यता दिएको थियो । अब प्रतियोगिताका सबै खेल आधिकारिक टी–२० क्रिकेटको अभिलेखमा समावेश हुनेछन् । यसबाट खेलाडीको व्यक्तिगत प्रदर्शन तथा कीर्तिमानले पनि आधिकारिक मान्यता पाउनेछन् ।

आईसीसीको मान्यताले नेपाली घरेलु क्रिकेटको व्यावसायिक विकास र अन्तर्राष्ट्रिय पहिचान थप बलियो हुने क्यानले विश्वास व्यक्त गरेको छ ।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ८ : ३४ बजे

ओझेलमा परेका तीर्थस्थलको प्रचारप्रसारमा जोड

काठमाडौँ– देशका ऐतिहासिक तथा पौराणिक तीर्थस्थलको पहिचान, संरक्षण र प्रचारप्रसार

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति

भक्तपुर– मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

गण्डकी– तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले छठ पर्वका अवसरमा सार्वजनिक बिदा परे

चीन भ्रमणमा जानुअघि सभापति लामिछानेसँग रास्वपा सांसदहरूको छलफल

काठमाडौँ– चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय