काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता पाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सम्पूर्ण खेलले उक्त मान्यता पाएको जानकारी दिएको हो ।
यसअघि आईसीसीले एनपीएलको तेस्रो संस्करणलाई औपचारिक मान्यता दिएको थियो । अब प्रतियोगिताका सबै खेल आधिकारिक टी–२० क्रिकेटको अभिलेखमा समावेश हुनेछन् । यसबाट खेलाडीको व्यक्तिगत प्रदर्शन तथा कीर्तिमानले पनि आधिकारिक मान्यता पाउनेछन् ।
आईसीसीको मान्यताले नेपाली घरेलु क्रिकेटको व्यावसायिक विकास र अन्तर्राष्ट्रिय पहिचान थप बलियो हुने क्यानले विश्वास व्यक्त गरेको छ ।
एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।














प्रतिक्रिया