चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते « Khabarhub

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।

मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

 शुक्रबार साँझ करिब ६ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी निवासी २५ वर्षीय रमेश चौधरी र पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल कीर्तिपुर बस्दै आएका ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका थिए।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी प्रभाग मातातीर्थबाट खटिएको टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पुर्‍याएको थियो। उपचारका क्रममा चिकित्सकले चालक चौधरीलाई मृत घोषणा गरेका थिए।

पछाडि सवार वाइबाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : ४३ बजे

ट्रम्पले उठाए अमेरिकी ब्याजदरमाथि प्रश्न, के भने ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आर्थिक वृद्धिदरको उदाहरण दिँदै

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं– चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिक मोटरसाइकल

यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

नारायणगढ– गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस वर्ष

नागढुंगा-मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द

काठमाडौँ – नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरमा शनिबारदेखि दैनिक ५ घण्टा

तीन बिघामा तरकारीखेती गरेका वीरबहादुर, वार्षिक २५ लाख आम्दानी

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती