ट्रम्पले उठाए अमेरिकी ब्याजदरमाथि प्रश्न, के भने ? « Khabarhub

ट्रम्पले उठाए अमेरिकी ब्याजदरमाथि प्रश्न, के भने ?


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आर्थिक वृद्धिदरको उदाहरण दिँदै अमेरिकामा ब्याजदर उच्च रहेको भन्दै फेडरल रिजर्भको नीतिमाथि प्रश्न उठाएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भारतमा ब्याजदर कम भएकै कारण अर्थतन्त्र ७ प्रतिशतको दरले विस्तार भइरहेको उल्लेख गर्दै अमेरिकामा पनि ब्याजदर कम भएको भए आर्थिक वृद्धिदर अझ उच्च हुन सक्ने दाबी गरे ।

समाचार संस्था एएनआईले सार्वजनिक गरेको भिडियोमा ट्रम्पले भनेका छन्, ‘भारतलाई हेर्नुहोस्, त्यहाँ ब्याजदर कम छ र जीडीपी ७ प्रतिशतको दरले बढिरहेको छ । अमेरिकाको जीडीपी १४, १५ वा सम्भवतः २० प्रतिशतसम्म पुग्न सक्थ्यो ।’

उनले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर उच्च राखेको भन्दै आलोचना गरे । फेडरल रिजर्भ राजनीतिक प्रभावमा परेको आरोप लगाउँदै उनले अमेरिकाले राम्रो आर्थिक तथ्यांक सार्वजनिक गर्दा पनि ब्याजदर नघटाइएको बताए ।

ट्रम्पका अनुसार आर्थिक सूचक सकारात्मक देखिएका बेला ब्याजदर घटाउनुपर्ने हुन्छ । ब्याजदर कम भएको अवस्थामा अमेरिकाले आफ्नो सार्वजनिक ऋणसमेत तीव्र गतिमा भुक्तानी गर्न सक्ने उनको भनाइ थियो ।

यसैबीच, ट्रम्पले निर्वाचनपछि अमेरिकाले चार ट्रिलियन डलर बराबरको नोक्सानी व्यहोरेको दाबी पनि गरेका छन् । निर्वाचनमा राम्रो प्रदर्शन गरेका व्यक्तिहरूसँग विश्वका अन्य मुलुक सन्तुष्ट नभएकाले यस्तो अवस्था आएको उनको भनाइ थियो ।

तर, ट्रम्पले उल्लेख गरेको चार ट्रिलियन डलरको नोक्सानी कुन आर्थिक सूचक वा अवधिमा आधारित हो भन्नेबारे स्पष्ट पारेका छैनन् ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : ५२ बजे

ट्रम्पले उठाए अमेरिकी ब्याजदरमाथि प्रश्न, के भने ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आर्थिक वृद्धिदरको उदाहरण दिँदै

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं– चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिक मोटरसाइकल

यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

नारायणगढ– गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस वर्ष

नागढुंगा-मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द

काठमाडौँ – नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरमा शनिबारदेखि दैनिक ५ घण्टा

तीन बिघामा तरकारीखेती गरेका वीरबहादुर, वार्षिक २५ लाख आम्दानी

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती