शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र पीडितलाई न्याय दिन प्रचण्डको आग्रह « Khabarhub

शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र पीडितलाई न्याय दिन प्रचण्डको आग्रह


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

शान्ति सम्झौताको २० वर्ष पुगेको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै उनले द्वन्द्वपीडितलाई न्याय र संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु राष्ट्रिय जिम्मेवारी भएको बताएका हुन् ।

प्रचण्डले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक रूपान्तरण र राष्ट्रिय एकताको ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गर्दै यसको जगमा गणतन्त्र, संघीयता र नयाँ संविधान निर्माण सम्भव भएको उल्लेख गरेका छन् ।

उनले सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने र द्वन्द्वपीडितलाई न्याय दिने काम पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ९ : ०८ बजे

शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र पीडितलाई न्याय दिन प्रचण्डको आग्रह

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति

ट्रम्पले उठाए अमेरिकी ब्याजदरमाथि प्रश्न, के भने ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आर्थिक वृद्धिदरको उदाहरण दिँदै

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं– चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिक मोटरसाइकल

यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

नारायणगढ– गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस वर्ष

नागढुंगा-मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द

काठमाडौँ – नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरमा शनिबारदेखि दैनिक ५ घण्टा