आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ जनवरी २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ। धार्मिक अभियन्तासँगको भेटले मनमा रहेका शंका निवारण हुनेछन्। काम गर्न स्वास्थ्यले साथ दिनेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा मिहिनेतको खाँचो देखिन्छ।

वृष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। नतिजाको प्रतिक्षामा भए राम्रो नतिजा प्राप्त हुनेछ। दुई पाङ्ग्रे सवारी साधनमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्दा फाइदा हुनेछ।

मिथुन : बोल्दा सचेत बन्नुपर्ने दिन छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। बौद्धिक व्यक्तिले उचित सल्लाह दिनेछन्। वैदेशिक रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा लगानी गर्ने भए संयुक्त ढंगले गर्नु राम्रो हुनेछ।

कर्कट : काममा अवरोध हुनसक्छ। बिहान शिवको भजन सुन्न सकेमा फाइदा हुनेछ। आफ्ना भन्ने साथीले कुरा काट्नेछन्। मन अशान्त बन्नेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा प्रगति हुनेछ।

सिंह: संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्यमा पुग्न सहज हुनेछ। परिवारसँग घुमघाम गर्ने योग छ।

कन्या : धार्मिक कार्यक्रममा उपस्थित हुँदा मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। जुनसुकै काम गर्दा परिवारको सहयोग लिँदा राम्रो हुन्छ। विपक्षी शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ।

तुला : शिक्षामा गरेको लगानीको परिणाम राम्रो प्राप्त हुनेछ। नयाँनयाँ कायमका कार्यक्रम थपिँदै जाँदा मन खुशी हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यको तर्फबाट प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्ने हुनेछ।

वृश्चिक : दाम्पत्य जीवन सुखमय बन्नेछ। खर्च हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाका लागि समय छुट्याउनु आवश्यक देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : थोरै बोलेर जित्ने दिन छ। स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन्। बौद्धिक साथी विपक्षीको कित्तामा रहेकाले शान्त भएर बोल्नुहोला।

मकर : आज आकस्मिक लाभ हुनेछ। साथीभाइसँगको भेटले नयाँ योजना बन्न सक्छ। सहकार्य गरेर अगाडि बढ्नु फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मेहनतको खाँचो देखिन्छ। महत्त्वपूर्ण कामको गोपनीयता भंग नगर्नु उचित हुन्छ।

कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र धार्मिक क्षेत्रमा चासो बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ।

मीन : चन्द्रमा प्रतिकुल भएकाले लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा अझ बढी मेहनत गर्नुपर्नेछ। परिवारको सल्लाह लिएर मात्र महत्त्वपूर्ण कामको सुरुवात गर्नु राम्रो हुनेछ। शिक्षामा फाइदा हाेला ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : १५ बजे

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि